सवमा गन्ध आएको पछि हत्याको रहस्य खुल्यो

पोखरा, २२ जेठ /पोखरा ६ शान्ति टोलमा एक महिला घरमा नै मृत फेला पारेकी छन् । शुक्रबार घर वरपर गन्ध आए पछि घरको ताला फोड्रेर हेर्दा पुर्णदेवी सुनार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सुनारको हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान थालेको छ । प्रहरीले बुधबार राती हत्या भएको हुन सक्ने बताएको छ । ‘घरको ढोकामा बाहिरबाट ताला लगाएको छ,’ अनुसन्धामा खटिएका एक प्रहरीले भने, ‘सुनारको सब पनि भुइमा नै थियो, यो हेर्दा हत्या भएको हुनसक्छ ।’

प्रहरीले बाहिरबाट ढोका लागेको कारण पनि छिमेकीलाई समेत थाहा नभएको बताए । सुनार घरमा एक्लै बस्दै आएकी थिइन् । उनका छोरा छोरी विदेशमा भएका कारण एक्लै बस्दै आएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...