पोखरा अन्तराष्ट्रिय विमानस्थलको निमार्णका लागि चिनीया टोली पोखरामा

पोखरा, २१ जेठ/पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणको पुर्व तयारीका लागि चिनिया सि.ए.यम.सि.ई को १३ जनाको टोली पोखरा आएको छ । टोलीले शुक्रबार देखी अस्थाइ आवसका लागि निर्माण सुरु गरेको छ ।

बैशाख १ गते प्रधानमन्त्री के.पी. शर्मा ओलीले शिलन्यास गरेपछि चिनिया टोली पोखरा आएर कामको थाल्नी सुरु गरेको हो । टोलीले विमानस्थल निर्माण गर्न बसोबासका लागि आवास र संम्भावित अध्ययन समेत गर्न सुरु गरेको सि.ए.यम.सि.ई को पोजेक्ट म्यानेजर जे.डिले बताए ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको निमार्णका लागि चिनीया टोली पोखरामा
पोखरा अन्तराष्ट्रिय विमानस्थलको निमार्णका लागि चिनीया टोली पोखरामा

विमानस्थल आयोजना प्रमुख प्रदिप अधिकारीका कामको थाल्नीका लागि चिनिया टोली पोखरा आएको र उनीहरुले विमानस्थल निर्माणका लागि कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल भएको कुरा बताए । अध्ययन सुरु गरेको विमानस्थलको लागि सुरुमा ३७ सय रोपनी जग्गामा अधिकरण गरिसकिएको छ ।

पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग ०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । सम्झौता नेपाल सरकारले सोही वर्षको कात्तिक १० गते स्वीकृत गरेको थियो ।

पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ । ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् । विमानस्थल प्रवेशको द्धवारबाट १२ सय मिटर बाटोलाई कालो पत्रे काम समेत सुरु गरेको छ ।

कमेन्टहरु
Loading...