पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, २० जेठ/नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा बिहान पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बिहान देखि अवरुद्ध भएको सडक पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । बुधबार पनि सो सडक खण्डमा पहिरो जादा दिन भर सवारी जाम भएको थियो । काठमाडौँ र पोखरा लगायतका क्षेत्रलाई तराई तिर जाने र आउने सवारी जाममा परेका छन् ।

कमेन्टहरु
Loading...