ट्रेड युनियन चुनाव, कास्कीमा १२ सय ३५ भोट खस्यो, आजै नतिजा आउने

पोखरा, १९ जेठ /निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको चुनावमा कास्कीमा १ हजार २ सय ३५ भोट खसेको छ । पहिलोपटक भएको चुनावमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र त्यो भन्दा तल्लो तहका १ हजार ३ सय ५ जना निजामती कर्मचारी रहेका छन् ।

कास्कीमा विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो । आज साझँ ६ बजे देखि गणना सुरु हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ । कास्कीमा चार संगठनले चुनावी मैदानमा छन् ।

समानुपातिक पद्धतिका आधारमा भएकोचुनावमा प्राप्त मतका आधारमा जिल्लाको हकमा पहिलो हुनेले अध्यक्ष, दोस्रोले उपाध्यक्ष, तेस्रोले सचिव र चौथोले सहसचिवको जिम्मेवारी पाउने छन् । मतअनुसार नै सदस्य संख्या बाँडिने तर १० प्रतिशत भन्दा कम मत ल्याउने संगठनले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व पाउने छैन ।

कमेन्टहरु
Loading...