विहीबार देखि पोखरामा कोकाकोला कप, १ सय ३ टिमको सहभागीता

पोखरा, १९ जेठ /कास्की जिल्ला फुटबल संघको आयोजनामा विहीबारदेखि पोखरा रंगशालामा अन्तर विद्यालय कोकाकोला कप छात्र–छात्रा फुटवल प्रतियोगिता हुने भएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम तथा अखिल नेपाल फुटवल संघको तत्वाधानमा हुन लागेको प्रतियोगिता अन्तर्गत कास्कीमा छात्रतर्फ ९० तथा छात्रातर्फ १३ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा छात्रतर्फका खेलहरु पोखरा रंगशाला (ग्राउण्ड ए) र शसस्त्र प्रहरी बलको कालिका गण मालेपाटनस्थित खेल मैदान (ग्राउण्ड बि)मा हुने संघ कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए । छात्र क्वाटरफाइनल पछिका तथा छात्रातर्फको सम्पूर्ण खेलहरु पोखरा रंगशालामै हुने पनि उनले बताए ।

आगामी २९ गते सम्म सञ्चालन हुने प्रतियोेगिताबाट छात्रतर्फ दुई तथा छात्रातर्फ एक विद्यालय क्षेत्रिय छनौटका लागि चयन हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न आयोजक संघ कास्कीका उपाध्यक्ष कुमार गुरुङ्गलाई संयोजक तथा सदस्य आइन्दल गुरुङ्गलाई सह–संयोजक चयन गरिएको छ । कास्की विजेताले ट्रफि मेडल पुरस्कार प्राप्त गर्ने उपाध्यक्ष मिलन गुरुङ्गले बताए ।

कमेन्टहरु
Loading...