इथिकल ह्याकिङ कोर्ष पोखरामा

पोखरा, १९ जेठ /पोखरामा इथिकल ह्याकिङ कोर्ष सञ्चालन हुने भएको छ । सेगा कम्प्युटर लिंक अमरसिंहचोक र लिंकको नयाँ शाखा सेगा एजुकेशन फाउण्डेसन प्रालि सिर्जनाचोकमामा उक्त कोर्ष हुँदैछ । जेठ २३ गते आइतबारबाट कोर्ष सञ्चालन हुने प्रालिका सञ्चालक विकास भुर्तेलले जानकारी दिए ।

पछिल्लो समयमा इमेल, इन्टरनेट र वेवको ह्याकिङ बढिरहेकाले उक्त कोर्ष पोखरामा निकै प्रभावकारी हुने भुर्तेलको विश्वास छ । ‘आफूले बनाएको वेवसाइटलाई ह्याकिङबाट कसरी जोगाउने कोर्षमा सिकाउँछौं,’ उनले भने । बैंकको एटिएम लिक हुन सक्ने खतराबाट जोगिन पनि कोर्ष सहयोगी हुने उनले बताए । फेसबुक लगायत सामाजिक सञ्जाल चलाउँदा हुने खतरा र सुरक्षित रहने तरिका कोर्षमा सिकाइने कोर्ष कोर्डिनेटर हेमन्त शर्माले बताए ।

एक सातासम्म कोर्ष सञ्चालन हुने प्रालिका अर्का सञ्चालक महेन्द्र भुर्तेलले जानकारी दिए । आइटी विज्ञ नरेश लामगाडेले कोर्ष सिकाउने भुर्तेलले बताए । ‘आइटी र आइटीसँग चासो राख्ने विद्यार्थीलाई लक्षित गरी पहिलो पटक पोखरा यसप्रकारको कोर्ष सञ्चालन गर्न लागिएको हो,’ भुर्तेलले भने ।

कोर्ष प्रशिक्षक लामगाडे यस क्षेत्रमा निकै अनुभवी रहेको अर्का कोर्ष कोर्डिनेटर विशाल गुरुङले बताए । यो कोर्ष लिनका लागि पोखरामा धेरैले चासो दिएको उनले बताए । लामगाडे गुगल, फेसबुक, विच्याट, एनसेललगायतका कम्पनीसँग आइटी क्षेत्रमा आवद्ध छन् ।

कमेन्टहरु
Loading...