मनीषाको पोष्टमार्टम रिपोर्ट आयो, चौधरीको पोलिग्राफ टेष्ट सकियो

काठमाडौ, १७ जेठ /फुटबलर विमल घर्तीमगरको बहिनी मनीषाको पोष्टमार्टम रिपोर्ट शिक्षण अस्पताल महाराजगंजले नवलपरासी प्रहरीलाई बुझाएको छ। मंगलबार विहान अस्पतालले नवलपरासीबाट आएको प्रहरी टोलीलाई पोष्टमार्टम रिपोर्ट बुझाएको हो।

नवलपरासीका एसपी राजेन्द्रप्रसाद चौधरीले भोलिसम्ममा पोष्टमार्टम नवलपरासी रिर्पोट आउने जानकारी दिए। पोष्टमार्टम रिपोर्ट अनुसार अनुसन्धान पनि गरिने उनले बताए। मनीषाको पोष्टमार्टम रिपोर्ट प्रहरीसमक्ष नपुगे पनि डाक्टरहरूले उनको झुण्डिएका कारण मृत्यु भएको बताएका छन्।

उनी आफैं झुण्डिइन् वा अरूले झुन्डायो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्ने शिक्षण अस्पताल फोरेन्सिक शाखाले जनाएको छ। गत जेठ १३ गते मनीषा बर्दघाटस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन्। प्रहरीले उनको प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

चौधरीले मनीषासँग सामान्य विवाद भएको तर उनको हत्या आफूले नगरेको बताउँदै आएका छन्। प्रहरी नियन्त्रणमा रहेका चौधरीको आज पोलिग्राफ टेष्ट पनि गराइएको छ। विहान ८ बजेदेखि १ बजेसम्म चौधरीको पोलिग्राफ टेष्ट गराइएको प्रहरी निरीक्षक सापकोटाले बताए। पोखराबाट गएको टोलीले चौधरीलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पुगेर पोलिग्राफ टेष्ट लिएको हो।

कमेन्टहरु
Loading...