चुनावी वातावरण बनाउन खिलराजको राजिनामाः कोईराला

इलाम, जेठ १० (सेतोपाटी)

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कात्तिक/मंसिरमा चुनाव सुनिश्चित गर्न अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलरज रेग्मी प्रधान न्यायाधीशबाट तत्काल राजिनामा गर्न पनि तयार हुनुपर्ने बताएका छन्। वावुराम भट्टराईको सरकारको जसरि पनि विकल्प खोज्नुपरेकाले कांग्रेस बहालवाला प्रधान न्यायाधीश रेग्मीमा पनि तयार भएको बताउँदै कोइरालाले भने, ”रेग्मीको कारणले चुनावी वातावरण बिथोलिएको छ। त्यसैले रेग्मीले प्रधान न्यायाधीशबाट तत्काल राजिनामा दिएर सबै दललाई निर्वाचनमा ल्याउनुपर्छ।’

resize_image (1)फागुन अन्तिममा कांग्रेस सहितले चार दलीय सहमति अनुसार गठन भएको रेग्मी सरकारका क्रियाकलापप्रति असन्तुष्ट रेग्मीले इलाम पुगेर राजिनामाको कुरा गरेका छन्। संविधान सभा निर्वाचनको वातावरणका लागि सबै दल निर्वाचनमा भाग लिनुपर्ने कोइरालाले बताए। मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सहित ३३ दलले रेग्मीको राजिनामा मागेर आन्दोलन चलाइरहेको बताउँदै उनले भने, ‘माओवादी सहित सबै दलहरु चुनाव चाहिरहेकाले उनीहरुले बाधक ठानेको रेग्मीले बाटो खोलिदिनुपर्छ।’

कोइरालाले मुलुक र जनताको हितको लागि पनि राजिनामा दिनुपर्ने बताए। ‘प्रधान न्यायाधीश समेत रहेका रेग्मीले गराएको चुनावमा जान दलहरु तयार नभइरहेको अवस्थामा रेग्मी बाधक बन्नु हुँदैन।’ चारदलबीच प्रधानन्यायाधीश रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने गृहकार्य भइरहेको बेला पनि कोइराला केहि साता त्यसलाई मानेका थिएनन्। पार्टी भित्र र बाहिरको दवावले बाध्यतामा परेको भन्दै अन्तिम समयमा मात्र कोइरालाले पनि सहमति जनाएका थिए।

चार दलीय संयन्त्र र संवैधानिक परिषद्ले अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्ने कसरत गरिरहँदा पनि कोइराला विपक्षमा थिए। ‘परिवन्दमा परेको’ भन्दै संयन्त्रको वैठकमा समर्थन जनाएपनि उनी लोकमानसिंह कार्कीको नियुक्तिप्रति खिन्नता प्रकट गर्दै सार्वजनिक समारोहमा बोलिरहेका छन्। इलाम सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले अहिले सबैले चुनाव चाहेको र चुनावका लागि वातावरण पनि बन्दै गएकाले पनि रेग्मी राजीनामाका लागि तयार हुनुपर्ने बताए।

चुनाव बहिस्कार गर्ने भनेका माओवादी लगायत दल पनि चुनावमा जान तयार रहेको वताउँदै उनले भने, ‘उनीहरुले रेग्मीको राजिनामा चाहेका छन्, रेग्मी बाधक बन्न हुँदैन।’ कोइरालाले भट्टराई सरकारको विकल्पको लागि मात्र कांग्रेसले बहालवाला प्रधानन्यायाधीशमा सहमति गर्नु परेको बताए। मुलुकमा चुनाव हन नसके भयावह स्थिति आउनेतर्फ कोइरालाले बताए।। ‘कार्तिक अन्तिम वा मंसीर दोस्रो साताभित्र चुनाव गराएरै छाड्नुपर्छ,’ उनले भने, ‘नत्र भयावह स्थिती आउँछ।’ राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले पनि नेपालमा चुनाव हुनैपर्ने दबाब दिइरहेको भन्दै कोइरालाले वातावरण बन्या भने कसैले छेक्न नसक्ने बताए । cp.

कमेन्टहरु
Loading...