पार्टी विद्यान अनुसार चल्लाउन नेपालको केपी ओलीलाई सुझाव

पोखरा, १६ जेठ/नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाटी अध्यक्षले विधान विपरीत मनपरि तरीकारले पाटी चलाएको आरोप लगाएका छन् । पोखरामा आयोजना गरीएको कार्यकता भेलालाई संवोधन गर्दै वरिष्ठ नेता नेपालले पाटी अध्यक्ष केपी शर्मा वलीले एकपक्षिय र मनपरि तरीकारले पाटी चलाएको आरोप लगाए ।

आफुले वारम्वार केन्द्रीय वैठकमा कुरा उठाएपनि वेवास्ता गर्दै पाटी अध्यक्षले महत्वपुर्ण निर्णय पनि मनपरी तरीकाले चलाउन थालेको भन्दै पार्टीको विधानमा वसेर काम गर्न सुझाव दिए ।

एमालेबाट मन्त्री, राजदुत तथा अन्य ठाउँमा राजनितिक नियुक्ती गर्दा पनि आफुसँग कुनै छलफल नगरी एकपक्षीय रुपमा नियुक्ती गरेको प्रती वरिष्ठ नेता नेपालको आपत्ती थियो ।

वली पक्षले पछिल्लो समय गुण्डागर्दीमा लागेका तथा खराव आचरण भएकालाई पनि सुरक्षा दिएर पाटिकै वदनाम गराउने काम गरेको उनले आरोप लगाए । पाटीमा उमेरको हदवन्दी तथा एकपटक भन्दा वढि अध्यक्ष उठ्न नपाईने कुरा उठिरहेकका वेला योग्यता र क्षमताका आधारमा प्रतिनिधित्व हुनुपर्ने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...