पिताको सम्झनामा वृद्धावृद्धलाई भोजन

पोखरा, १६ जेठ /आफ्ना स्वर्गीय पितााको सम्झनामा एक दम्पतिले आइतबार पोखरामा वृद्धावृद्धलाई भोजन गराएका छन् ।

एन आर एन फ्रान्सका पूर्व सल्लाहकारद्वय गीता खनाल थापा र सूर्यबहादुर थापाले स्वर्गीय ससुरा तथा पिता भोविन्द्रबहादुर थापाको सम्झनामा पोखरा वृद्धाआश्रमका वृद्धावृद्धलाई भोजन गराएका हुन् । थापा दाम्पतिले स्वर्गिय पिताको १७ दिनको स्मृतीमा उनीहरुले आश्रममा बसेका करिब ७० जनालाई भोजन गराएका हुन् । सम्झनामा वृद्धावृद्धलाई खाना खुवाएको गीता थापाले बनाइन् ।

उनीहरुलाई खाना खुवाउदा आश्रमलाई पनि सहयोग हुने र वृद्धावृद्धलाई खाना पनि खुवाउन पाइने भए पछि सहयोग गरेको बताइन् । खाना खुवाउने कार्यक्रममा नागढुङ्गा टोलविकास समितिका अध्यक्ष मथुरा गिरी, भगवती पन्त, बुद्धि प्रसाद पौडेल, लक्ष्मी गिरी, विशाल मल्ल, प्रवेश गिरी, पुरुपषोत्तम खनाल, तिलोत्तमा खनाल, निर्मला क्षेत्री, दिव्यश्वरी भण्डारी, श्रीकृष्ण भण्डारी लगायतले उनीहरुको कामको प्रसंशा गरेका थिए ।

कमेन्टहरु
Loading...