राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चारदल भारतको दलाल भएको आरोप लगाएका छन् । भक्तपुरमा भएको एक अन्तर्किया कार्यक्रममा बोल्दै नेता केसीले चारदलले संघीयता चाहने पक्षलाई संविधानसभामा ल्याएर आधा नेपाल अर्थात तराई क्षेत्र भारतमा मिलाउने षडयन्त्र गरेको आरोप लगारउदै चार दल भारतको दलालली भएको आरोप लगाए ।

मुलुकमा अहिले केन्द्रीय एकातात्मक सामन्ती व्यवस्था भएकाले देश विकास हुन नसेकको दाबी गर्दै केसीले प्रजातन्त्रमा आधारीत स्वशासित विकेन्द्रीकरण व्यवस्था भए देशमा संघीयता आवश्यक नपर्ने तर्क राखेका थिए । भ्रष्टाचारमा मुलुक व्याप्त भएको बताउदै केसीले एमाओवादीले नेपाली काँग्रेस र एमालेलाई पनि भ्रष्टाचारमा उछिनेको आरोप लगाए ।
ठूला चार राजनितक दलकै कारणले देश बर्बाद भएको समेत दाबी गरे ।
सरकारले छिटो भन्दा छिटो निर्वाचन गराएर देशलाई संभावित दुर्घटनबाट रोक्नुपर्ने आवश्यकता औंल्याउँदै केसीले चार दलहरु निर्वाचन नगराउने चलखेलमा लागेको आरोप लगाए । लोकमानसिंह कार्कीलाई अख्तियारलाई प्रमुख बनाउनु कार्की दोषि नभई चार दल दोषि भएको बताए । cp. setopati.com