मिस एस.एल.सी.को उपाधि मोनिका गुरुङलाई

पोखरा १६, जेठ/पोखराकी मोनिका गुरुङले एच.के. क्लारा दोश्रो मिस एस.एल.सी.क्वीन २०१६ प्रतियोगिताको उपाधि जितेकी छन । द लुक्स फेसन होमको आयोजनामा पोखराको सृजनाचोकमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा शनिबार अवेर भएको उक्त प्रतियोगिताको फाईनलमा गुरुङले १६ प्रतियोगिहरुलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन ।

१७ जनाको सहभागिता रहेको प्रतियोगितामा फष्ट रनरअपमा प्रमिला वास्तोला, सेकेण्ड रनरअपमा दिक्षा गुरुङ घोषित भए । उनले वेष्ट याक्टीभको टाइटल समेत जितेकी हुन । त्यसै गरी मिस क्याट वाकको टाईटल जितेकी कविता रेग्मी थडरनरअप, आस्मा श्रेष्ठ फोर्थरनरअप, निसा गुरुङ दर्शक छनौट र वेष्ट डान्समा , पेङका गुरुङ फोटो जेनिक र वेष्ट हेल्थी हेयर, अनुसासनमा सृष्टी गुरुङ, ईन्टीलिजेन्टमा सुनयना श्रेष्ठ, वेष्ट स्माईलमा अन्जु क्षेत्री, वेष्ट मिस युनिकमा स्वयता पराजुली, वेष्ट स्कीनमा पवि पाईजा पुनले टाईटल जितिन ।

मिस एस.एल.सी.को उपाधि मोनिका गुरुङलाई
मिस एस.एल.सी.को उपाधि मोनिका गुरुङलाई

प्रतियोगितामा विजेता हुनेलाई पोखराको बगरमा रहेको ज्ञानु बाबा आवासिय उच्च माविले प्लस टु सम्मको निशुल्कः छात्रबृत्ति दिने भएको छ भने प्रतियोगिाताको मुख्य प्रायोजक मलेसियाको क्लारा ईन्टरनेश्नल कलेजबाट नेपालमा सम्वन्धन प्राप्त हङकङ हर्वल व्युटी ईन्स्टिच्यूट प्रालिले ६ महिने क्लारा कोर्ष निशुल्कः गराउने भएको छ । साथै विजेतालाई अन्य गिफ्ट ह्याम्पर दिने भएको छ । दोश्रो हुनेलाई ज्ञानुबाबाले ७५ प्रतिशत छुट र तेश्रो र दर्शक छनौटमा विजेता हुनेलाई ५० प्रतिशत छात्रबृत्ति दिने भएको छ । अन्य टाईटल विजेताहरुले गिफ्टह्याम्परहरु प्राप्त गरे ।

उक्त अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारीलाई सम्मान गरीएको छ। सौन्दर्यको क्षेत्रबाट उल्लेखनिय योगदान पुराएको भन्दै उनलाई सम्मान पत्रको साथमा दोसला ओढाई सम्मान गरीएको हो । उक्त प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुनेलाई होमका प्रवन्ध निर्देशक रविन्द्र बज्रचार्यले धन्यवाद दिएका छन ।

प्रतियोगिहरुलाई विभिन्न व्यक्तित्वबाट करीब एक महिना प्रशिक्षण गराएको प्रतियोगिताका संयोजक सौन्दर्यकर्मी पवि गुरुङले बताईन । कल्चर नेपाल २०१० का विजेता सुरक्षा गुरुङले कार्यक्रममा कोरीयो ग्राफिको भुमिका निभाएकी हुन । मिस हेटौडाका १३ जना प्रतियोगिहरु पनि उक्त प्रतियोगिताको अवसरमा सहभागि भएका थिए ।

कमेन्टहरु
Loading...