पोखरा, १६ जेठ/अनुपम म्युजिक पोखराले आयोजना गरेको तेस्रो अनुपम साङ्गीतिक साँझका अवसरमा विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको छ । संस्थाले हरेक वर्ष प्रदान गर्ने अनुपम म्युजिक अवार्डबाट गायक कर्णदास सम्मानित हुनुभएको छ ।
उहाँलाई नगद ८ हजार ८८८ रुपैयाँ, दोसल्ला र सम्मान पत्रसहितको अवार्ड प्रमुख अतिथि पर्यटनविद् झलक थापा, प्राज्ञ हरिदेवी कोइराला, समाजसेवी वीरेन्द्र पालिखे, एन प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोची र अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले प्रदान गर्नुभयो । जिन्दगीको के भरोसा…, पुरानो डुङ्गा…, ठुला ठुला महल हैन…, फर्किआऊ शान्ति तिमी… लगायत १२ सयभन्दा बढी गीतका गायक कर्णदासका मध्याह्न भाग १, २, ३, व्यर्थै फेरि, आधा सपना, पुरानो डुङ्गा, प्रीत, एउटा नयाँ आशालगायतका एल्बमहरु स्रोतमाझ आइसकेका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा खचाखच दर्शकको भिडका माझ भएको कार्यव्रmममा अनुपम सङ्गीत सम्मानबाट सङ्गीतकार नवराज बराल र गीतकार रेशम रचकलाई सम्मान गरिएको छ । सङ्गीतकार बरालले नेपाल आमा, किसानको आवाज, किसानी जिन्दावाद, बाँच्ने रहरलगायतका एल्बममा एकल सङ्गीत दिनुभएको छ । भजन गङ्गा (भजन सङ्ग्रह) र मेरो गीत–मेरो सङ्गीत (गीत सङ्ग्रह) गरी दुई ओटा किताब पनि लेख्नुभएका बराल त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक हुनुहुन्छ । गीतकार रेशम रचकका गोधूलिको साँझ, आरम्भ (भाग १ र २), हाम्रो माया, बैना रुमाल लगायतका सुगम सङ्गीत र लोक दोहोरी गीतका एल्बमहरु स्रोतामाझ आइसकेका छन् ।
यसै बिच, सोही अवसरमा बालगृह सन्जाल कास्कीको समन्वयमा आयोजित अन्तर बालगृह सामूहिक नृत्य प्रतियोगितामा हिमाली बाल कल्याण संरक्षण मन्च पहिलो भएको छ । १९ समूहबाट छानिएर आएका ६ समूहबिच भएको प्रतियोगितामा सिर्जना बालगृह र रेन्बो चिल्ड्रेन होम नेपाल व्रmमशः दोस्रो र तेस्रो भएका छन् भने स्क्यान नेपाल (रङ्गीन होम), कोपिला बालगृह र हिमालय बाल बालिका तथा वातावरण संरक्षण संस्था सान्त्वना भएका छन् । पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २५ सय तथा सान्त्वना हुनेले १५ सय रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
सम्मानित व्यक्ति तथा पुरस्कृत संस्थाहरुलाई पत्रकार कृष्णप्रसाद बाँस्तोला, बद्रिविनोद प्रतीक, शिक्षासेवी शेरबहादुर गुरुङ, सम्मानित नवराज बरालका पिता चूडामणि बराल, गीतकार होम न्यौपाने पुरस्कार वितरण गर्नुभएको थियो । अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यव्रmममा गायक कर्णदास, कर्म ग्याल्छेन, भविन ढुङ्गाना, रामभक्त जोजिजू, इतु जाजिजू, सन्तोष प्रधान, किशोर सुवेदी, तमन्ना गुरुङ, लक्ष्मी गिरी, ससिना पाण्डे, नरजङ गुरुङ, पशुपति गुप्ता, मधुसुदनमान श्रेष्ठ, सरिता अधिकारी, नरेश राईलगायत पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारहरुले साङ्गीतिक प्रस्तुती राखेका थिए भने सुस्मिता थापा, रोजी बाँस्तोला, आर. के. तिमिल्सिना, स्वस्तिका न्यौपानेलगायतले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यव्रmमका प्रमुख अतिथि पर्यटनविद् झलक थापाले कला, साहित्य, सङ्गीत, संस्कृति, प्रकृतिले बनेको सुन्दर पोखरालाई हेर्न सुन्दर मन र आँखा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आवरणमा राष्ट्रवादी देखिएर मात्र नहुने भन्दै सबैको मुटुमा नेपाल रहे मात्र समृद्ध नेपाल बन्ने धारणा राख्नुभयो ।
आयोजक मूल समितिका सचिव रुपिन्द्र प्रभावी तथा सहसचिव ऋषि खतिवडाले सन्चालन गर्नुभएको कार्यव्रmममा बालगृह सन्जालकी केन्द्रीय उपाध्यक्ष तथा कास्की अध्यक्ष गोमा ढकाल, प्रतिभा छनोट समितिका संयोजक दीपक समीप, अनुपम साङ्गीतिक साँझ अक्षयकोषका संस्थापक वीरेन्द्र पालिखे, नृत्य प्रतियोगिताका निर्णायक संयोजक राहुल थापालगायतले बोल्नुभएको थियो ।