रडले प्रहार गरेर श्रीमती र छोरीको हत्या, एक पक्राउ

सागर राज तिमिल्सिना
पोखरा, १४ जेठ/फलामको रडले प्रहार गरेर पोखरामा एक युवाले श्रीमती र छोरीको हत्या गरेका छन्। पोखरा–१४ रातोडाँडाका ३१ वर्षिय विमल पुनले २६ वर्षिय श्रीमती नरमाया पुन र ६ वर्षिया छोरी पूर्णिमा पुनको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

हत्याको आरोपमा प्रहरीले विमल पुनलाई पक्राउ गरेको छ । पुनले फलामे रडले हानेर श्रीमती र छोरीको हत्या गरेको प्रारम्भीका अनुसन्धानका क्रममा देखीको कास्कीका डिएसपी गजुसिद्धि बज्रचार्यले जानकारी दिए । हत्याको कारण खुलेको छैन ।

प्रहरीले मिमललाई घरबाटै पक्राउ गरेको थियो । मृतक आमाछोरीको शव पोष्टमार्टमा लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको उनले जानकारी दिए । घरायसी झैझगडाका कारण हत्या भएको हुनसक्ने प्रहरीको भनाई छ । हत्याका बारेमा अनुसन्धान भईरहेको उनले बताए ।

कमेन्टहरु
Loading...