दुई बच्चालाई आगो लगाएर हत्या पछि भाग्ने योजना प्रहरीले बिफल पारे पछि

बाग्लुङ, १४ जेठ /गत बैशाख १४ गते बाग्लुङ जिल्लाको बोहोरागाउ ७ सानोजिरी स्थित एक गोठमा आगोलागी भए पछि दुई जना बालबालिकाको मृत्यु भयो । आगालागी भएर उनीको मृत्यु भएको होइन ।

सांझ ६ बजेको समयमा हेम बहादुर घर्तिको घर, गोठमा आगोलागी हुँदा निज हेम बहादुर घर्तिको ६ बर्षिया नातिनी समुन्द्र घर्ति र ३ बर्षिय नाती मनोज घर्तिको मृत्यु भएको घटना प्रहरीले नयाँ तथ्य सार्वजनीक गरेको छ । अनुसन्धानको क्रममा मृतकहरूको बाबा बैदेशिक रोजगारीको लागी बिदेशमा गएको र मृतकहरुको आमा बर्ष २३ की कमला घर्ति र निजकै देबर नाता पर्ने देबिस्थान गाबिस वडा नं ४ बस्ने भिम बहादुर भण्डारी सँगको प्रेम सम्बन्धले हत्या गरेको प्रहरीले सार्वजनीक गरेको छ ।

उनीहरु बिच पहिले देखी नै प्रेम सम्बन्ध रहेको, निजहरूले भाग्ने योजना बनाई रहेका तर आमा कमला घर्तिले बालवच्चालाई छोडि जान नसक्ने भने पछि हत्या गरि घरमा आगो लगाएको खुलेको छ । उक्त दिन घरमा कोहि नभएको अबस्थामा भिम बहादुर भण्डारीले दुबै बच्चालाई घर भित्र घाँटी च्यापी मारेको र बच्चाहरुको मृत्यु भई सकेपछी घरको ढोका बन्द गरी गहुँको नल ल्याई घरमा आगो लगाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्या गरि सके पछि भण्डारीले नै बाहिर आई आगोलागी भयो भन्दै छरछिमेकमा हार गुहार माग्दै हिडेका थिए । तत्काल प्रहरी गई आगो नियन्त्रणमा लिने कोशिस गर्दा पनि अत्याधिक आगोलागीका कारण तत्काल आगो नियन्त्रणमा लिन नसकिएको कारण घर, गोठ, पुर्ण रुपमा जलि नष्ट भएको, घर भित्र दुईजना बच्चाहरु मृतक शरीर जलेको अबस्थामा फेला परेका थिए । उक्त घटनाका सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उनीहरु दुबैको संलग्नता देखिएको हुँदा दुबै जनालाई हिरासतमा लिई आबस्यक प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...