फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या, प्रेमीले गरेको आंशका

काठमाडौ, १३ जेठ/नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनाको गए राती हत्या भएको छ । विमलकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् ।

उनकी आमा वुटबल गएकी थिइन् । विहान आउँदा ढोका खुल्लै रहेको र छोरी मृत अवस्थामा भेटिएपछि उनले गाउँले र प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले घटना प्रकृति हेर्दा मनिषाको हत्या भएको हुने सक्ने बताएको छ । मृतकको शव परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको छ । प्रहरीका अनुसार मनिषाको घाँटीमा निल डाम छ ।

फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या, प्रेमीले गरेको आंशका
फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या, प्रेमीले गरेको आंशका

उनको खुट्टा टिटेबुलतिर र शरिर ओछ्यानतर्फ फर्किएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ । मनिषाले अहिले ११ कक्षाको परीक्षा दिएका थिइन् । विमल अहिले बेल्जियम छन् । उनलको हत्या प्रेमीले गरेको हुनेसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । घटना बुधबार राति १० बजेपछि भएको अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...