न्युयोर्क- जर्मन चान्सलर एन्जेला मार्केल विश्व कै शक्तिशाली महिला रहेको फोब्सले जनाएको छ। सन् २०१३ का विश्व का १०० प्रमुख शक्तिशाली महिलाको सूचीमा उनी अग्रस्थानमा छिन्। विश्वनमा प्रभावशाली भूमिका निर्वाह गरिरहेका राजनीतिक र व्यवसायिक क्षेत्रका महिलाहरु सूची फोब्सले सार्वजनिक गरेको हो।

तेस्रो स्थानमा अमेरिकी समाजसेवी मिलेन्ड गेट्स रहेकी छिन् भने अमेरिकी फस्ट लेडी मिखेल ओवामा चौथो स्थानमा रहेकी छिन्। पाँचौ स्थानमा हिलारी क्लिन्टन छिन। छैटौं स्थानमा फेसबुककी प्रमुख कार्यकारी अधिकृत सेरली स्यान्डवर्ग रहेकी छिन्। फेसबुक विश्व कै नम्बर १ सामाजिक सञ्जाल हो।
अन्तराष्ट्रिय मुद्रा कोशकी प्रवन्ध निर्देशक क्रिस्टिना लेगार्ड सातौ स्थानमा छिन् भने अमेरिकी जानेट नेपोलिटानो आठौं स्थानमा छिन्। भारती नेशन कङ्ग्रेसकी अध्यक्ष सोनिया गान्धी नवौ स्थानमा छिन्। पेप्सिको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत इन्द्रा नोयी दसौं स्थानमा छिन्। दक्षिण कोरियाकी राष्ट्रपति गुइ हे पार्क एघारौं स्थानमा छिन् भने आइबीएमकी प्रमुख कार्यकारी अधिकृत भर्जिनिया रोमिटी १२ औं स्थानमा छिन्।
बेलायतकी महारानी एलिजवेथ द्वितीय भने यो सूचीको ४० औं स्थानमा छिन्। संगीत क्षेत्रमा चर्चित लेडी गागा ४५ औं स्थानमा छिन्। २७ वर्षकी उनी कम उमेरका शक्तिशालीमा पर्छिन्। संगीत क्षेत्रकै साकिरा ५२ औं स्थानमा छिन्। सयौं स्थानमा भने चीनकी लिन योङ परेकी छिन् उनी सन मिडिया ग्रुपकी लगानीकर्ता हुन्। cp.