यसरी पनि चोरी गर्लान् होसियार !

पोखरा, ११ जेठ/पोखराको राष्ट्रबैक चोक नजिकै रहेको एक फेन्सी पसलमा ग्राहक बनेर एक महिलाले चोरी गरि भगेकी छन् । पसलमा कपडा फेर्ने निहुमा पैसा चोरेर भागेकी महिलालाई पर्यटन बस पार्क अगाडीबाट स्थानीयले समाएर प्रहरीलाई बुझाएका छन् ।

फेन्सी पसलेलाई कपडा पट्याउन लगाई महिलाले कपडा फेर्ने बहानामा कोठा भित्र पसेर पैसा चोरी गरेकी थिइन् । पैसा झिकेर बाहिर आए पछि महिला कपडा नै नकिनि हिडे पछि पसलेलाई शंका लागि भित्र कोठामा हेरेका थिए ।

पैसा चोरी भएको थाहा पाए पछि पसल अर्कैलाई हेन लगाइ महिला गएकै बाटो पछ्याउदै जादा बस पार्कबाट स्थानीयको सहयोगमा पक्राउ गरि चोरी गरेको ३७ सय सहित प्रहरीलाई बुझाएका थिए । प्रहरीले महिलाका बारेमा अनुसन्धान भइरहेको बताएको छ ।

कमेन्टहरु
Loading...