सांसद खड्काद्धारा आमा समूहलाई सहयोग

पोखरा, ११ जेठ/सांसद कुमार खड्काले पोखरा—१६ मा रहेको महिला जागरण आमा समूहलाई काजक्रियाका लागि आवयश्क सामाग्री सहयोग गर्नुभएको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत एक लाख रुपैँया बराबरका कम्बल, भाडाकुडाँ सहितका क्रिया सामाग्री आमा समूहका अध्यक्ष मिना कुवँरलाई हस्तान्तरण गर्नुभयो ।कार्यक्रममा बोल्दै सांसद खड्काले समाजलाई सकारात्मक परिवर्तन गर्न आमा समूहहरुले खेलेको भूमिका प्रशंसनिय रहेको बताउनुभयो ।

उहाँले निति र परिधिभित्र रहेर आफूले निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत विभिन्न संघसंस्थालाई सहयोग गरेको दाबी गर्नुभयो । विकास निर्माणका कार्यमा आफूले कसैलाई भेदभाव नगरेको बताउँदै उहाँले महिला जागरण र शसक्तिकरणका क्षेत्रमा क्रियाशील हुन समूहलाई सुझाव दिनुभयो ।

समूहका अध्यक्ष मीना कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा डाडाँथोक टोल सुधार समितिका अध्यक्ष भोजबहादुर थापा, अमरदीप सामूदायिक विकास समाजका अध्यक्ष सुरज साह ठकुरी क्याप्टेन अनिरुद्र थापा, समूहका सचिव सृजना थापा, सदस्य बिन्दु थापा लगायतले महिला शसक्तिकरण बिना समाज परिर्वतन हुन नसक्ने बताएका थिए ।

कमेन्टहरु
Loading...