संघीय गठबन्धनले जेठ १७ गते पोखरामा प्रर्दशन गर्ने

पोखरा, ११ जेठ/२६ बुँदे मागसहित काठमाडौं केन्द्रीत आन्दोलनमा रहेको २९ दल र तथा मोर्चाहरुको संघीय गठबन्धनले तमुवानको पोखरामा जेठ १७ गते आयोजना गर्ने जनप्रदर्शन तथा विरोध सभाको तयारी तिव्र पारिएको छ ।

जनप्रदर्शन तथा सभालाई प्रभावकारी तथा व्यवस्थित गर्न तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । तमुवान संयुक्त संघर्ष समितिको बैठकले संघ संस्था समन्वय तथा जनपरिचालन उपसमितिमा दीपक तामाङ, गिरीप्रसाद गुरुङ, पानबहादुर घर्ती, धनप्रसाद तामाङ, मनबहादुर गुरुङ र देवीराज तमु, प्रचार प्रसारमा गजेन्द्र सुब्बा र फरेन्द्र थापामगर, मञ्च व्यवस्थापनमा पुरनधोज गुरुङ, यातयात व्यवस्थापनमा गिरीप्रसाद गुरुङ, अतिथि सत्कार गणेशमान गुरुङ र मिरा तामाङ, झण्डा व्यानर उपसमितिमा पानबहादुर घर्ती, गजेन्द्र सुुब्बा, स्वंयम सेवक कृष्ण तामाङ, दिलिप गुरुङ संयोजक रहेको उपसमितिहरु गठन गरिएको छ ।

तमुवान संयुक्त संघर्ष समितिका व्यवस्थापनमा पोखरामा हुने बृहत कार्यक्रमा संघीय गबन्धनका अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव गजेन्द्र सुब्बाले जानकारी दिनुभयो । जेठ १७ गते पोखरा रानीपौवास्थित दुरसञ्चार संस्थान अगाडि भेला भई भिमसेन चोक, महेन्द्र पुल हुने चिप्ले ढुंगा मानवअधिकार चोकमा विशाल सभा गर्ने तमुवान संयुक्त संघर्ष समितिले जनाएको छ ।

कमेन्टहरु
Loading...