पोखरामा अटोल्याण्ड आवश्यकता

पोखरा, ११ जेठ /पोखरा नगरलाई सफा, हराभरा कायम गराउन व्यवस्थित अटोल्याण्ड आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । व्यवस्थित शहरमा अनिवार्य रुपमा अटोपार्क हुनुपर्नेमा सो हुन नसक्दा पोखराको सुन्दरतालाई गम्भीर असर पु¥याएकोले गण्डकी अटोमेकानिकल वक्र्स एशोसिएशनको पहलमा जग्गा खोजी गरिन लागिएको एशोसिएशनका अध्यक्ष कुल बहादुर नेपालीले बताए ।

पोखरा क्षेत्रभित्र बढ्दो सवारी चापसँगै सवारी साधनको मर्मत तथा सो सम्बन्धी हुने कार्य उचित स्थान नहुँदा वक्र्ससप भएको स्थानमा अनावश्यक फोहोर बढ्दा अव्यवस्थित हुने गरेकोले व्यवस्थित अटोपार्क आवश्यक रहेकोले पोखरा उपमहा नगरपालिकासँग जग्गा माग गरिएको पूर्व अध्यक्ष सनत कुमार भट्टराईले बताए । नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष यम प्रसाद भुषालले पोखरामा अटोपार्क निर्माणमा केन्द्रीयस्तरदेखि पहल गरिएको र महासंघ मार्फत एक शहर एक अटोपार्कको योजना ल्याइएको बताए ।

सो कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष मिनराज काफ्लेले व्यवस्थित अटोल्याण्डको निर्माणमा संघले सक्दो रचनात्मक सहयोग गर्ने बताए । गण्डकी अटोमेकानिकल वक्र्स एशोसिएशनका अध्यक्ष कुल बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अटोमेकानिकल्सका महासचिव ठाकुर प्रसाद न्यौपाने, सचिव चन्द्र प्रसाद अधिकारी, प्रेस सल्लाहकार कृष्ण थापा, पूर्व अध्यक्ष सुवर्ण नकर्मी, पोखरा उद्योग बाणिज्य संघका महासचिव रविनसन प्रजु, महासचिव किरण कपाली लगायतले अटोल्याण्डका निर्माणमा सबै लाग्नुपर्ने बताए ।

एशोसिएशनको केन्द्रीय कार्यक्रम अनुसार महाधिवेशन तयारी बैठकले महासंघको केन्द्रीय महाधिवेशन कार्तिक ६ गते सुर्खेतमा गर्ने निर्णय भएको एशोसिएशनका कार्यालय प्रमुख पार्वती बरालले बताइन् ।

कमेन्टहरु
Loading...