ट्याङ्कर पल्टिएर बल्दा तीन जना जलेर मृत्यु

धादिङ (घोप्टेभीर) -पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोक गाविस–३ घोप्टेभीरमा गए राती साँढे ११ बजे पेट्रोल ट्यांकर पल्टिएर आगलागी हुँदा तीन जनाको जलेर निधन भएको छ। अम्लेखजञ्जबार काठमाण्डौका लागि २० हजार लि. पेट्रोल बोकेर गुडिरहेका ना४ख ३२६४ नम्बरको ट्यांकर सडकबाट करिव २५० मिटर तल त्रिशुली किनारमा पल्टिएको थियो। 
जलिरहेको ट्यांकरबाट चालक तथा ट्यांकर धनी हेटौंडा ५ बसामाडिका गोपालसिंह लामाको अर्ध जलेको शव निकालेको छ। सो ट्यांकरमा दुई जना सहयोगी निवुवाटार–६ मकवापुरका सुरेश लामा र प्रकाश विष्ट रहेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी  निरीक्षक लोकबहादुर गुरुङले बताए। घटनासस्थलमा ट्यांकरको जल्न बाँकी केही नरहेकाले दुवै शव जलेर नष्ट भएको गुरुङले बताए।

राती पानी परेको र निदाएका कारण सो दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। अर्ध जलेको शव पोष्टमार्टका लागि भरतपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। थप कारण बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङ बताउँछन्।

कमेन्टहरु
Loading...