काठमाडौं, ४ जेठ/संघीय गठबन्धनको काठमाडौं केन्द्रीत आन्दोलन अन्र्तगत मंगलवार बालुवाटार घेरेको छ । काठमाडौंमा जेठ १ गते गरेको प्रदर्शन, जेठ २ र ३ गतेको ंिसहंदरबार घेराउ कार्यक्रम भव्य सफल भएको निष्कर्ष निकालेको छ।

सिंहदरबार घेराउ कार्यक्रममा प्रहरीको घाइते बनाईएका ११ जना आन्दोलनकारीलाई उपचार गराउन सरकारसँग माग गठबन्धनले गरेको छ । शान्तिपुर्ण आन्दोलनमा भिजिलान्ते प्रयोग गरी कार्यक्रम विथोल्न खोज्ने रबैयाको गठबन्धनको बैठकले कडा आपत्ति जनाउदै, यदि सरकार यस्तै चाहने हो भने अधिकार सुनिश्चित गराउन सशस्त्र आन्दोलनका लागि तयारी हुनुपर्नेमा गठबन्धनका अधिकाशं मोर्चाहरुको जोड दिएका थिए ।
यसरी नै कार्यक्रमका लागि विभिन्न जिल्लाहरुबाट काठमाडौं प्रवेश गर्ने सवारी साधनहरुलाई अनाश्यक अवरोध गरी धम्क्याउने, गाली गलौज एवं प्रवेश गर्नै नदिने आतंकित मानसिकताबाट सरकारको आयु सकिन लागेको गठबन्धनले दावी गर्दै जनतालाई अनाश्यक दुख दिने कार्य नरोके काठमाडौं नै घेराबन्दी गर्ने गठबन्धनले चेतावनी दिएको छ ।
गठबन्धनको शान्तिपुर्ण अधिकारमुखी आन्दोलनलाई विफल बनाउन नाममा काठमाडौं प्रवेशका लागि १०, १२ घण्टा जाम गराई जनतालाई दुख दिने कार्य तुरुन्त रोक्न र स्वतन्त्र पुर्वक आवात जावात गर्ने, शान्तिपुर्ण भेला, सभा सम्मेलन, कार्यक्रम गर्ने अधिकार कुण्ठित नगराउन सरकारलाई चेतावनी गठन्धनले दिएको छ । शान्तिपुर्ण घेराउकै क्रममा सुरक्षाकर्मीहरुलाई ढुंगा प्रहार गरी उत्तेजना फैलाउन खोज्ने भिजिलान्ते सादा पोशाकका दुई जना सुरक्षाकर्मीलाई आन्दोलनकारीले पक्राउ गरी प्रहरीलाई बुझाइदिएका थिए ।