दुई सिर्जनशील पत्रकारीता पुरस्कार हरि र दीपकलाई

पोखरा, २७ वैशाख/पोखरामा क्रियाशील दुई पत्रकार नेपाल पत्रकार महासंघ कास्की शाखाले प्रदान गर्ने पुरस्कारबाट सम्मानित हुने भएका छन् ।

हरि बास्तोला
हरि बास्तोला
दीपक परियार
दीपक परियार

पत्रकार महासंघ कास्की शाखाको सोमबार बसेको बैठकले स्वर्गीय गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकाकरिता पुरस्कारबाट पत्रकार हरि बास्तोला र मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार दीपक परियार सम्मानित हुने भएका हुन् ।

पोखरा–१७ घारीपाटन निवासी बास्तोला राष्ट्रिय समाचार समिति पोखरामा विगत २६ वर्ष देखि कार्यरत छन् भने लेखनाथ–१३ कालिकानगर निवासी परियार समाधान राष्ट्रिय दैनिकमा कार्यरत छन् । यसअघि दुवै पुरस्कारको प्रतिभा छनौट समितिले उनीहरुलाई पुरस्कृत गर्न पत्रकार महासंघ कास्की शाखालाई सिफारिस गरेको थियो ।

स्व. गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार समितिको प्रतिभा छनोट समितिमा नवराज सुवेदी संयोजक एवं रमेश पौडेल र रुद्रप्रसाद भट्ट सदस्य थिए । त्यस्तै मीना सिर्जनशील पत्रकारिता पुरस्कार छनोट समितिको संयोजकमा हेमराज बराल एवं सदस्यमा शान्ति गुरुङ र सुष्मा पौडेल सदस्य थिए ।

दुबै छनौट समितिका पत्रकार महासंघका अध्यक्ष रामकृष्ण ज्ञवाली र सचिव त्रिभुवन पौडेल पदेन सदस्य थिए । दुबै पुरस्कार आगामी जेठ २ गते पत्रकार महासंघ कै सभाहलमा एक विशेष समारोहकाबीच वितरण गरिने पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...