८० वर्षे जापानी नागरिक चुचुरोमा, खर्च अभावमा ८१ वर्षे शेरचन वेसक्याम्पमै

८० वर्षिय जापानी नागरिक युचिरो मिउराले सबै भन्दा बढि उमेरमा सगरमाथ आरोहणको किर्तिमान गरेका छन् । युचिरो विहिबार विहान साढे आठ बजे सगरमाथाको चुचुरोमा पुगी नयाँ किर्तिमान बनाएका हुन् । यसअघि यो किर्तिमान नेपालका मीनबहादुर शेरचनको नाममा थियो । यसपटक पनि सगरमाथ चढेर आफ्नै किर्तिमान तोड्ने विचारका साथ सगरमाथा आरोहणका लागि निस्किएका ८१ वर्षे शेरचन खर्च अभावमा सगरमाथाको वेशक्याम्पमा अलपत्र परेका छन् ।

resize_imageखर्च अभावमा सगरमाथा चढ्न नपाउँदा उनको नाममा रहेको किर्तिमान जापानी नागरिकले भंग गरेका हुन । यसअघि नेपालका शेरचनले ७६ बर्षको उमेरमा सगरमाथा चढेर सबैभन्दा वृद्धअवस्थामा सगरमाथा चढेको कीर्तिमान बनाएका थिए ।

शेरचन हाल सगरमाथा शिखरको आधार शिविरमा सगरमाथा आरोहणको तयारीमा छन् यदि अबको तीन दिन भित्र सगरमाथा चढ्न उनलाई कसैले आर्थिक सहयोग गरेमा यो सबैभन्दा कढी उमेरमा सगरमाथा आरोहण गर्ने किर्तिमान नेपाली नागरिक शेरचनकै नाममा रहनेछ ।

५ बर्षअघि ७६ बर्षको उमेरमा शेरचनले सगरमाथा सफल आरोहण गरि किर्तिमान बनाएका थिए ।

कमेन्टहरु
Loading...