सागर राज तिमिल्सिना
पोखरा, १२ बैशाख/विनाशकारी भूकम्पबाट दिवांगत भएका आत्माको चिर शान्ति र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पोखरामा शान्तिपुजा भएको छ । पुम्दिभुम्दिस्थित विश्व शान्ति स्तुपमा सामुहिक रुपमा विभिन्न धर्मका गुरुले स्वस्थीशान्ती गरे ।
पोखरा पर्यटन पूर्नजागरण समितिको आयोजनामा हिन्दु धर्म, बौद्धमार्गी, मुस्लिम, क्रिश्चियन, ओम शान्ति, हरेराम हरे कृष्ण लगायतका गुरुहरुले एकै ठाउँबाट स्वस्थीशान्ती गरेका हुन् । बिहान देखि नै पुजापाठ गरेर अघिल्लो वर्ष भूकम्प गए कै समयमा ५ मिनेट सामुहीक प्रार्थना समेत गरे ।
भुकम्पको कालो दिनको रुपमा स्मरण गर्दै आगामी दिनमा दुःखद आपद् आइनपरोस भनी सबै धर्मका व्यतिmहरुलाई एकै ठाउँमा राखेर पुजा आयोजना गरेको संयोजक गणेश भट्टराईले बताए । कार्यक्रमा विभिन्न व्यक्तिहरुले भूकम्पबाट पाठ सिकेर अझ उत्साहका साथ देश निमार्णमा लाग्नु पर्ने बताएका थिए ।