हेम्जामा ट्रकको ठक्करबाट १ जनाको मृत्यु ५ जना घाइते

पोखरा, १४ भाद्र / कास्कीको हेम्जा गाविस वडा नं. १ याम्दीमा ट्रकले ठक्कर दिँदा बिहिबार १ जनाको मृत्यु भएको छ । हेम्जाबाट ढुङ्गा लोड गरी पोखरा तर्फ आउँदै गरेको ग१ख ३९१ नं. को ट्रकको ठक्करबाट अन्दाजी ३२ वर्षिय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नामथर नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको बताइएको छ । बिहिबार करिब ४ ट्रकले पैदलयात्रीलाई ठक्कर दिएपछि ट्रक समेत पल्टिएको थियो । ट्रक पल्टिँदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा फुलखर्क घर भई याम्दी बस्ने वर्ष १९ कि कमला गुरुङ्ग, पोखरा १ याम्दी बस्ने ३२ वर्षिय जसमाया गुरुङ्ग, सोहि ठाँउ बस्ने ३० वर्षिय तारा गुरुङ्ग रहेका छन् । यस्तै याम्दी बस्ने वर्ष १८ कि गन माया गुरुङ्ग, र १८ वर्षकै दिलमाया तामाङ्ग पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते मध्ये तारा माया गुरुङ्गको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ । घटनालगत्तै धादिङ्ग घर भई पोखरा १ सिम्पानी बस्ने ट्रक चालक २६ वर्षिय कर्ण बहादुर गुरुङ्गलाई वडा प्रहरी कार्यलय बगरले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...