कास्कीमा द्धन्द पिडितका ३२ उजुरी दर्ता

सागर राज तिमिल्सिना
पोखरा, ९ वैशाख /द्धन्दकालमा भएका गम्भिर प्रकृतिका घटनाका बारेमा सत्यतथ्य छानविन गर्न माग गर्दै कास्कीमा अहिले सम्म अहिले सम्म ३२ वटा उजुरी दर्ता भएको छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले कास्कीमा स्थानिय शान्ति समिति मार्फत पीडितहरुको उजुरी संकलनलाई जारी राखेको छ ।

२० जनाले बेपत्ता र १२ जनाले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका शान्ति समिति कास्की सचिब विष्णु माया गुरुङले जानकारी दिइन् । जस मध्ये २० जना बेपत्ता, मृत्युमा ४ जना राज्य पक्षबाट र २ जना माओवादी पक्षबाट, अंगभंगमा दुई दुई जना राज्य र माओवादी पक्षबाट र ५ जनाले हिरासतमा राज्य पक्षबाट भएको भन्दै उजुरी दिएको गुरुङले जानकारी दिइन् । उनले बिहीबार पनि करिब १० जना उजुरी दर्ता गर्न आएको र दर्ता प्रक्रियामा रहेको जानकारी दिन् ।

बैशाख २ गतेबाट बेपत्ता भएकाहरुको उजुरी संकलन सुरु भएको समितिमा बिहीबार सम्ममा ३२ वटा निबेदन परेको शान्ति समिति कास्कीको कार्यालय कास्कीले जानकारी दिएको छ । आगामी असार २ गते सम्म द्धन्दकालका वेपत्ता, घाईते तथा मृतकका परिवारहरुले न्यायका लागि उजुरी दिन सक्ने छन् ।

२०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य र तत्कालिन माओवादीबिच भएको द्धन्दमा मानव अधिकारका गम्भीर उल्लंघनमा परेकाले घटना सत्यतथ्य छानविन गर्न लागेको हो । जसमा हत्या, घर ध्वस्त, सम्पति, बलात्कार, अपहरण, बिस्तापित, घाईते, अंगभंग, लुटपात र यातना लगायतका घटनाहरुमा पीडितहरुले उजुरी दिन सक्नेछन ।

 

कमेन्टहरु
Loading...