बार्सिलोनाले डिप्रोटिभोमाथि गोलको वर्षा, स्वारेजको चार गोल

कठमाडौं, ९ वैशाख/लुइस स्वारेजले चार गोल गरेपछि बार्सिलोनाले डिप्रोटिभोमाथि फराकिलो जित दर्ता गरेको छ।manchaterगएराति भएको ला लिगाको खेलमा बार्सिलोनाले डिप्रोटिभो ला कोरुनालाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। खेलको ११ औँ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। २४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्वारेजले नै बार्सिलोनाको अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप ६ गोल गरेको थियो।

खेलको ४७ औं मिनेटमा रेकिटिकले गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो। यस्तै खेलको ५३ औं मिनेटमा गोल गर्दै स्वारेजले ह्याट्रिक पूरा गरे। खेलको ६४ औं मिनेट फेरि स्वारेजले चौथो गोल गरेपछि बार्सिलोना ५–० ले अघि बढ्यो।

यस्तै खेलको ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गरे भने ७९ औं मिनेटमा बार्टाले गोल गर्दै टोलीलाई ७–० को अग्रता दिलाए। खेलको ८१ औं मिनेटमा नेमारले गोल गरेपछि बार्सिलोना डिप्रोटिभोमाथि ८–० को शानदार जित निकाल्न सफल भयो।

जितपछि बार्सिलोना ३४ खेलबाट ७९ अंकका साथ शीर्ष स्थानमा यथावतै छ भने समान खेलबाट ७९ अंक नै जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको रियल मड्रिडको ७८ अंक छ।

कमेन्टहरु
Loading...