स्व.अमन गुरुङ सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि आयोजक भ्यालीलाई, उत्कृष्ट खेलाडीमा घिसिङ

दिननाथ बराल/पोखरा, ८ जेठ/आयोजक भ्याली स्पोटर्स क्लव (पहेलो) ले मंगलबार पोखरामा सम्पन्न भएको स्वर्गीय अमन गुरुङ सेभेन ए साइड फुटवल प्रतियोगिता २०७० को उपाधि जितेको छ । निकै प्रतिष्पर्धामा मंगलबार पोखरा रंगशालामा भएको फाईनल खेलमा आयोजक भ्यालीले रन्जन स्मृति हिमशिखर स्पोर्टस क्लब लामाचौरलाइ ३–२ को अन्तरले पराजित गर्दै उपाधि सहित ७० हजार नगद पुरस्कार पाएको हो ।

उपविजेता भएको रन्जन स्मृतिले भने ४० हजार पुरस्कार पायो । भ्यालीको जितमा सौरभ मगर, रोसन हिराचन र दिपेश श्रेष्ठले एक एक गोल गरे । रन्जन स्मृतिका अनुज गुरुङ र सुजन बरमले एक एक गोल गरे । पहिलो हापको सूरुवातमा एक गोल खाएको रन्जन स्मृतिले पहिलो हापको अन्तिम समयमा लगातार दुई गोल गरे पनि दोश्रो हाप पछिको खेलमा सन्तुलन गुमाउदा उपविजेतामा सिमित हुनु पर्यो । रन्जन स्मृतिका अनुज गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितामा भ्यालीका राजकुमार घिसिङ उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरी प्रतियोगिता अवधिभर ८ गोल गरेका लेकसाईड क्लबका सिद्धी श्रेष्ठले हाई स्कोररको उपाधि पाए । जेठ १ गतेबाट संचालन भएको उक्त प्रतियोपगितामा ४८ टोलीको सहभागिता रहेको क्लबका सचिव सम्मर बहादुर श्रेष्ठले बताए । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा संचालन भएको उक्त प्रतियोगितामा पोखरा ट्रेनिङ सेन्टर अनुशासित टोली घोषित भयो । घिसिङ र श्रेष्ठले कलर्स मोवाईल पाएका हुन भने अनुसासित टीम सेन्टरले ५ हजार नगद पायो ।

मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक भ्याली पहेलोले संगम क्लव बीलाई ३–१ ले पराजित ग¥यो भने अर्को खेलमा रन्जन स्मृति हिमशिखर स्पोर्टस क्लब लामाचौरले लेकसाईड क्लबलाई ४–२ ले पन्छायो । २५ बर्ष माथि उमेर समुहको मैत्रिपुर्ण भेट्रान्स सेभेन ए साईड फुटवलमा पोखरा ११ ले ड्यामसाईड क्लबलाई २–० ले पराजित ग¥यो । त्यसै गरी मैत्रिपुर्ण सेभेन ए साइड फुटवलमा पोखरा भ्यालीको अपिसियलले सराङकोट एफ.एफ. लाई ३–१ को गोल अन्तरले पराजित गर्को हो ।
उक्त अवसरमा क्लवले क्लवका पुर्व खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ईश्वर गुरुङ (चन्द्र), विश्व तण्डुकार, उज्वल रन्जित, शिवु शाही, सन्तोस श्रेष्ठ, नवीन पुन, किसन अधिकारी, नरबहादुर गुरुङ, फोटोपत्रकार समेत रहेका उमेश पुन, गौरव सिंह र जमानसिंह दुरा रहेका छन ।

क्लबले वेलायतबाट प्रतियोगिता सम्पन्न गर्न सहयोग पुराएको भन्दै ईन्टेक ०६÷०७÷०८÷११ व्रिगेड अफ गोर्खाजलाई प्रंशम्सा–पत्र प्रदान गरेको थियो । विजयी खेलाडीहरुलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटवल संघका केन्द्रीय सदस्य गणेशबहादुर भट्टराई, क्लबका अध्यक्ष क्याप्टेन थमनसिंह थापा, स्वर्गीय अमनका बाबु यमन गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने, सराङकोट एफ एमका अर्जुन बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।
क्लबका अध्यक्ष क्याप्टेन थमनसिंह थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष ईन्द्रकुमार सिन्हा, स्वर्गीय अमनका बाबु यमन गुरुङ, उपाध्यक्ष खेम गुरुङ, सदस्य ज्ञान थापा लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...