सरकार र सद्भावनाबीचको वार्ता आज पनि

७ जेठ, काठमाण्डौं । सरकार र सद्भावना पार्टीबीचको वार्ता आज पनि हुँदैछ । सोमबार बेलुका अवेरसम्म छलफल भए पनि वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो ।

सद्भावनाले आजको वार्तालाई निर्णायक बनाउने बताएको छ । सरकारले आफ्ना मागहरुको सम्बोधन गर्दै तत्काल चुनावको मिति घोषणा गरे आफ्नो आन्दोलन स्थगित हुने र त्यो नभए भोलीबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासचिव मनिष कुमार सुनमले जानकारी दिनुभयो ।

सद्भावनाले संविधानसभा चुनावको मिति तोक्नुपर्ने, कोसी सम्झौताअनुसार सप्तरीमा विद्यूत आपूर्ती हुनुपर्ने लगायतका माग राखि ५ दिनदेखि २२ जिल्लामा अनसन गरेको थियो । सरकारले वार्तामा बोलाएपछि अनसन भने आइतबारदेखि स्थिगित गरिएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/73028/#sthash.HPvu7yYW.dpuf

कमेन्टहरु
Loading...