सडक बगाएपछि यातायात अवरुद्ध

७ जेठ, नवलपरासी । नवलपरासीमा परेको अविरल बर्षपछि आएको बाढीले सडक बगाउँदा महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासी सडक खण्ड अवरुद्ध भएको छ । नवलपरासीको लोकाहा खोलामा बनाइएको डाइभर्सन बगाएपछि उक्त सडकखण्डमा आज यातायात सेवा अवरुद्ध भएको हो ।

बाटो अवरुद्ध भएपछि महेन्द्रराजमार्ग भएर हिड्न लामो तथा छोटो दूरीका यात्रुहरु अलपत्र परेका छन् । नारायणगढको कावासोती खण्डमा सायौं सवारीका साधान रोकिएका छन् भने पानी रहेपछि बाटो खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।एक बर्ष अघि लोकाह पुल भाँचिएपछि नदी भएकै स्थानबाट वैकल्पिक रुपमा डाइर्भसन निर्माण गरिएको थियो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/73048/#sthash.sn4DIeLT.dpuf

कमेन्टहरु
Loading...