नयाँवर्षको स्वागत गर्दै ‘माफ पाम परिवार’को साँगीतिक साँझ

पोखरा, २७ चैत/नेपाली नयाँ वर्षको स्वागतार्थ ‘माफ पाम परिवार’ पोखराले वृहत साँगीतिक साँझ गर्ने भएको छ । परिवारले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर साँगीतिक साँझको बारेमा जानकारी दिएको हो । न्यूरोडस्थित दमलक मार्गमा चैत ३० गते साँझ ५ बजेदेखि राती १२ बजेसम्म साँगीतिक साँझ चल्ने परिवारले जनाएको छ ।

नयाँवर्षको स्वागत गर्दै ‘माफ पाम परिवार’को साँगीतिक साँझ
नयाँवर्षको स्वागत गर्दै ‘माफ पाम परिवार’को साँगीतिक साँझ

‘हामीले साँगीतिक साँझमार्फत युवाहरुलाई एकजुट गराउँदै सामाजिक सचेतना जगाउने उद्देश्य लिएका छौँ ।’ परिवारका अध्यक्ष दिपक थापाले भने–‘टोलको विकास हाम्रो मुख्य लक्ष्य हो । र, नयाँ वर्षको अवसर पारेर हरेक वर्ष हामीले यस्तो खाले कार्यक्रम पनि गर्दै आएका छौँ । यो कार्यक्रम त्यसैको निरन्तरता पनि हो ।’

‘माफ पाम परिवार’ले स्थानिय टोल विकास समितिसंग मिलेर दमकल मार्गलाई सफा र हरियाली राख्ने अभियान समेत चलाएको छ । साँगीतिक साँझबाट उठेको रकमले अभियानलाई अझै बढि तिव्रता दिने उसले बताएको छ । ‘पोखरालाई सफा र हरियाली शहर बनाऔँ’ भन्ने नारासहित परिवारले नयाँवर्षदेखि अभियान थाल्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

चैत ३० गते हुने साँगीतिक साँझमा दिपक थापा, पोखरेली धुर्मुस र माग्नेबुढा, जय परियार, शान्त बज्राचार्य, प्रकाश राना, ओम गुरुङ, प्रिती आले, सुरज भैरखाईरे, सन्तोष बस्याल लगाएतका कलाकारहरुको प्रस्तुती रहनेछ । त्यस्तै तरेली साँस्कृतिक परिवारको पनि विशेष प्रस्तुती हुनेछ । कला र मनोरञ्जनको माध्यमबाट सचेतना जगाउँदा बढि प्रभावकारि हुनुसँगै कलाकारहरुको प्रतिभा विकास पनि हुने भएपछि यो कार्यक्रम गर्न लागेको माफ पाम परिवारले जनाएको छ ।

२ लाख ७७ हजार रुपैयाँ खर्च लाग्ने भनिएको कार्यक्रममा ३ लाख २५ हजार रुपैयाँ आम्दानी गर्ने परिवारको लक्ष्य छ ।

कमेन्टहरु
Loading...