प्लाष्टिकको प्रयोगबाट हुने हानीको बारमा जनचेतना जगाऊ

पोखरा, २० चैत्र /पोखरामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले प्लाष्टिकको प्रयोगबाट हुने हानीको बारेमा जनचेतना जगाउनको लागि पोखरा उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।

प्लाष्टिकको प्रयोगबाट हुने हानीको बारमा जनचेतना जगाऊ
प्लाष्टिकको प्रयोगबाट हुने हानीको बारमा जनचेतना जगाऊ

पोखरामा प्लाष्टिकको झोला र गिलासको प्रयोग निषेध गर्नको लागि पोखरा उपमहानगरपालिकाले शुरु गरेको अभियान अत्यानै सकारात्मक रहेकोले त्यसको प्रसंसा गर्दे नागरिक समाजका प्रतिनिधिहरुले गुनासो छन्— प्लाष्टिकको प्रयोग नगरौं भनेर मात्रै हुँदैन । प्लाष्टिकको प्रयोगबाट के कस्ता हानी हुन्छन् त्यसको बारेमा ब्यापक जनचेतना फैलाउन जरुरी छ ।

पोखरा उपमहानगरपालिकाले प्लाष्टिकको झोलाको प्रयोग गरेमा कारावाही गर्छु भनेर मात्रै अभियान सफल नहुने भएकोले आमसञ्चार माध्यम मार्फत प्लाष्टिकको प्रयोग गरी हुने हानी नोक्सानीको बारेमा आमनागरिकमा चेतना फैलाउन सकेमा प्रभावकारी हुने सुझाव पनि उनीहरुको छ ।

रेडियो तरङ्ग, सचेतना समाज र नागरिक समाजले शुक्रबार गरेका प्लाष्टिकजन्य झोला निषेध अभियान र प्रदूषण मुक्त पोखरा विषयक परिचर्चा कार्यक्रम आयोजना गरे । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्लाष्टिक मुक्त अभियान सञ्चालन गर्दा विरोध भयो भनेर पोखरा उपमहानगरपालिका पछाडि हट्न नहुने सुझाव दिए ।

—खराबलाई खराब भन्न हिच्किचाउनु हुँदैन —मुल्मीले भने — व्यवसायिक स्वार्थ र प्लाष्टिकलाई नै जीविकोपार्जनको माध्यम बनाएका बाहेक कसैले पनि यस अभियानको विरोध गरेका छैनन् । पोखरालाई स्वच्छ शहर बनाउनको लागि प्लाष्टिकका झोला हटाएर मात्रै हुँदैन । यो त एउटा कारण मात्रै हो । अन्य कारण तर्फ पनि पोखरा उपमहानगरपालिकाले अभियान चलाउनुपर्छ । पोखरा उपमहानगरपालिकाले स्वच्छ र सफा शहर बनाउनको लागि चालेका अन्य कदमप्रति नागरिकहरुको विश्वास जाग्न नसकेको कारण प्लाष्टिकको झोला र गिलास मुक्त अभियानमा विरोध भएको टिप्पणी पनि मुल्मीको रहेको छ।

कमेन्टहरु
Loading...