महायज्ञको विषयमा तमु धिका पदाधिकारीसँग अन्तरक्रिया

पोखरा, ६ जेठ। नौलो घुम्ती नेपालले पोखरामा आयोजना गर्न लागेको श्रीमद्भागवत विराट ज्ञान महायज्ञको विषयमा तमु धि नेपाल कास्कीका पदाधिकारीहरुसँग आइतबार अन्तरक्रिया गरिएको छ। कार्यक्रममा नौलो घुम्तीका अध्यक्ष पदमराज पहारी, महायज्ञ मुल आयोजक समितिका संयोजक मेहरमान श्रेष्ठ, कार्यकारी निर्देशक रामप्रसाद ज्ञवाली, वित्त तथा प्रशासकीय अधिकृत नारायणप्रसाद पौडेल र आजिवन सदस्य विनुकुमारी गुरुङको टोलिले महायज्ञलाई सघाउन आग्रह गरेको थियो।

सो कार्यक्रममा तमु धि नेपालका अध्यक्ष कर्म गुरुङ र सल्लाहाकार गणेशबहादुर गुरुङले महायज्ञलाई सम्पन्न गर्न सघाउने प्रतिबद्वता व्यक्त गरेका छन। नौलौ घुम्ती नेपालले पोखरामा जेठ २० देखि २७ गतेसम्म आयोजना गर्न लागेको श्रीमद्भागवत विराट ज्ञान महायज्ञको प्रचार प्रसारलाई तिव्र पारिएको छ।
लागु पदार्थ परामर्श तथा पुनस्थापना केन्द्र निर्माण, गरिव, विपन्न, अशक्त, असहायका लागि निःशुल्क आवासिय उपचार सेवा र पोखराको धार्मिक तीर्थस्थल सिता पाईलाको संरक्षण र संम्वद्र्वन गर्नका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले महायज्ञ आयोजना गर्न लागिएको हो।

कमेन्टहरु
Loading...