विचारमा भन्दा उत्तेजनामा ५ हजार गुणा शक्ति ः डा योगी विकाशानन्द

पोखरा, ६ जेठ/युवा दार्शनिक डा योगी विकाशानन्दले मानिसको विचारमा भन्दा उत्तेजनामा बढि शक्ति हुने बताएका छन् । उनले मानिसको उत्तेजना विचार भन्दा ५ हजार गुणाले बढी भएको बताए । मानिसमा रिस, दया, मायाजस्ता उत्तेजनाहरु बढिभएका कारणले उत्तेजनामा आएर मानिसले गल्ती गर्ने गरेको बताए । उनले यसका लागि मानिसले आफनो उत्तेजनालाई नियन्त्रण गर्नुपर्ने र यसका लागि जीवन दर्शन तथा मेडिटेशनको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

माछापुच्छ«े एफ.एम तथा सूर्यकमल योगाश्रमको संयुक्त आयोजनामा यहि ज्येष्ठ ८ गते पोखरामा हुन लागेको मनोक्रान्ती जीवनदर्शन विशेष प्रवचन तथा ध्यान कार्यक्रमको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले अहिले समयमा तनाव युक्त जीवनले मानिसमा मानसिक समस्या हुने गरेको बताउदै यसको एकमात्र समाधान जीवन दर्शन तथा मेडिटेशनको प्रयोग रहेको बताएका छन् ।“ मानिसको भौतिक दर्द ठुलो होइन, मानिसको समस्यामा भनेको मानसिक समस्या हो , यसबाट मुक्त हुने भनेको जीवन दर्शन र मेडिटेशनको प्रयोग हो ” उनले भने “मानिसक समस्यालाई प्रयोग गर्न जान्ने हो भने यसबाट शक्ति लिन सकिन्छ, समस्या सवै अवसर हुन् ” । उनले आजको आश्वयकता मनोक्रान्ति रहेको बताए ।

एफ.एम र योगाश्रमको आयोजनामा यहि ज्येष्ठ ८ गते बुधबारका दिन पोखरा सभागृह हलमा नि ः शुल्क रुपमा प्रवचनको आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष तथा एफ.एमका स्टेशन म्यानेजर रविन गुरुङले जानकारी दिए । प्रवचन कार्यक्रम अपरान्ह ४ बजेदेखि ७ बजेसम्म रहने छ साथै प्रवचन कार्यक्रमको भोलीपल्ट अर्थात् ९ गते रेकी कार्यक्रम समेत गरिने छ ।

 

कमेन्टहरु
Loading...