जापानमा विद्यार्थी पढाउने संस्थाहरुको छाता संगठन स्थापना

पोखरा, ६ जेठ/पोखरामा स्थापना भएर जापानमा विद्यार्थीहरु पठाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा स्थापाना रहेर जापानका विभिन्न शहरहरुमा अध्यानकोलागि विद्यार्थीहरुलाई पठाउँदै आएका करिब ३ दर्जन कन्सलटेन्सिहरु संगठित भएका हुन् ।

विद्यार्थीहरुमा आवश्यक भाषा,तालिम तथा अन्य आवश्यक गतिबिधिहरु संचालन गर्न कन्सलटेन्सिहरु संगठित हुनु परेको उनिहरुले बताएका छन् । आज पोखरामा सम्पन्न भेलाले पोखरामा रहेका सम्पूर्ण कन्सलटेन्सि तथा भाषा ईन्टिच्युटहरुको समेत सहभागितामा एक संस्था गठन गर्न हिदेयोको जापानीज् ईन्टिच्युटका संचालन दिपकराज सुवेदीको अध्यक्षतामा ११ सदस्सीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा पोखरा जापानी ल्याङ्ग्योईज एण्ड कल्चर सेन्टर पोखराका प्रमुख बिक्रम उदासक,युमि जापनीज् ईन्टिच्युट कन्सलटेसी पोखरामा संचालन पूर्णबहादुर थापा,कोषाध्यक्षमा भ्याली ईन्टरनेशनल ईन्टिच्युट अफ अवरोड स्टडीज् पोखराका प्रमुख कोपिला भुजेल चयन हुनुभएको छ । त्यसैगरी तदर्थ समितिको सदस्यहरुमा साकुरा ल्याङ्गोईज एकेडेमीका संचालीका बिना गुरुङ्,टप एजुकेशन कन्सलटेन्सिका जुना गुरुङ्,योङ हर्ट एजुकेशन कन्सल टेन्टिका संचालक प्रकाश अधिकारी,राज ल्याङ्गोईज् ईन्टिच्युटका संगीता खनाल,एफ एन आई कन्सलटेन्सिका पोखरा प्रमुख मोहोन भण्डारी र नमस्ते एजुकेशन ईन्टिच्युटकी पूर्णकुमारी गुरुङ रहनु भएको छ ।

तदर्थ समितिले आगाी आईतबार पोखरामा रहेका सबै कन्सलटेन्सिहरुको बृहत भेला गरी जापानीज् ल्याङ्गोईज एशोशिसन अफ पोखरा गठन गर्ने तदर्थ समितिका अध्यक्ष दिपकराज सुवेदीले जानकारी दिनुभयो । अव गठन हुने समितिले विद्यार्थीहरुलाई आवश्क भाषा कक्षा प्रभावकारी बनाउने,तालिम संचालनकोलागि पहल गर्ने,जापान जान चाहाने विद्यार्थीहरुलाई सोहि देशमा स्कुल तथा क्याम्प संचालनहरुसंग अन्तकृया गराउने लगायतका काम गर्ने तदर्थ समितिका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...