तमु धिं नेपालको २९ औं वार्षिकोत्सव

पोखरा, ६ जेठ/तमुहरुको पुरानो साझा संस्था तमु धिं नेपालले आइतवार आफ्नो २९ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
वार्षिकोत्सवमा तमु धिं स्थापनामा तमु धिंको कार्यलय भवन निर्माणका लागि विशेष योगदान पुर्याउनुभएका संस्थापक सदस्य लेप्टेनेण्ट इन्द्रधोज तमुलाई सम्मानपत्र र भाङ्ग्राद्धारा सम्मान र पोखरा उपत्यका नगर विकास समितिको सदस्यमा भरखरै चयन हुनुभएका पत्रकार राजबहादुर तमु, बरिष्ठ संगीतकार तथा गायक धनबहादुर तमु र चर्चित गायिका शान्ति तमुलाई कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका भवनदाता, तमु धिं नेपालका परम संरक्षक मेजर जै बहादुर तमु र तमु धिं नेपालका अध्यक्ष कर्म तमुले फेटा र घलेक लगाईदिदै बधाई ज्ञापन गर्नुभएको हो ।

कार्यक्रममा सम्मानित ले. इन्द्रधोज तमुले मन्तव्य व्यक्त गर्नुहुदै तमुहरुको एकता, भाषा, कला, सँस्कृतिको संरक्षण सम्वद्र्धन गर्न तमु धिं नेपाल स्थापना भएकाले तमुहरुको एकतालाई विशेष जोड दिन आवाश्यक छ भन्नुहुदै तमु धिं नेपालको हरेक कदममा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अर्का सम्मानित पोखरा उपत्यका नगर विकास समितिका सदस्य, पत्रकार राजबहादुर तमुले पर्यटकिय शहर पोखरामा राष्ट्रियस्तरको संग्रहालय आवाश्यकता भएकाले यस कार्यको अगुवाई गर्न तमु धिं नेपाललाई आग्रह गर्नुहुदै पोखरा उपत्यका नगर विकास समितिको तर्फबाट आवाश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पोखरामा बसपार्क निर्माणलाई प्राथमिकता दिइरहेकाछन् तर बस पार्क भन्दा पोखराको गुरु योजना निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

 

कमेन्टहरु
Loading...