SLC Result 2069 Updates: एस एल सी को रिजल्ट असार पहिलो हप्तामा

परीक्षा नियन्त्रण कार्यालय (Office of the Controller of Examinations OCE) सानोठिमी, भक्तपुरले सञ्चालन गरेको २०६९ वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा २०७० साल असार पहिलो साता प्रकाशित गर्ने भएको छ। गत चैत १ गतेदेखि सुरु भई ९ गते सम्पन्न भएको ५८ वटा विषयको परीक्षाफल असार पहिलो साता प्रकाशित गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ।

यस वर्षको परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ जना परीक्षार्थी रहेका थिए ।

एसपालीको एस.एल.सी.मा गत वर्षको भन्दा ५० हजार परीक्षार्थी र ३२ वटा परीक्षा केन्द्रको सङ्ख्या बढेको छ।

यो पनि पठ्नुस : The Iron Gate called SLC, my experience

Image credit: Sample SLC Result Marksheet /w date of birth requirement via EkendraOnLine.com

कमेन्टहरु
Loading...