विश्वकप २० ट्वान्टी अन्तर्गत सुपर टेनको पहिलो खेलमा भारत न्यूजिल्याण्डसँग ४७ रनले पराजित भएको छ।
![विश्वकपमा न्यूजिल्याण्डद्वारा भारत पराजित](https://ganthan.com/wp-content/uploads/cricket-3.jpg)
आयोजक समेत रहेको भारत नागपुरमा टस जितेर पहिले ब्याटिङ गर्दै न्यूजिल्याण्डले दिएको १२७ रनको लक्ष्य पछ्याएको भारत १८ दशमलव १ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो। भारतलाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्याण्डका मिचेल स्यान्टेनरले ४ तथा इस सोधीले ३ विकेट लिए।
यसअघि निर्धारित २० ओभरको खेलमा न्यूजिल्याण्डले ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो। भारतका लागि कप्तान महेन्द्र सिंह धोनी ३०, विराट कोहली २३ र रविचन्द्र अश्विनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर बनाउन सकेनन्।