तेस्रो अनुपम साङ्गीतिक साँझ जेठमा हुने

पोखरा, २ चैत/अनुपम म्युजिक, पोखराको आयोजनामा तेस्रो अनुपम साङ्गीतिक साँझ आगामी जेठ १५ गते पोखरामा हुने भएको छ । अनुपम म्युजिकले विगत ३ वर्षदेखि सञ्चालन गर्दै आएको कार्यव्रmमको तेस्रो शृङ्खलाका लागि पोखराका विभिन्न वाङ्मयिक संस्थाका प्रतिनिधि, वाङ्मयसेवी तथा समाजसेवीहरुको भेलाबाट प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ ।

समितिका सहसंयोजकमा समाजसेवी वीरेन्द्र पालिखे, सचिवमा साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी, सहसचिवमा सञ्चारकर्मी ऋषि खतिवडा र कोषाध्यक्षमा गीतकार तथा समाजसेवी नरेन्द्रमान श्रेष्ठ रहनुभएको छ । यस्तै, कार्यव्रmमका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको अनुपम म्युजिकले जनाएको छ ।

कलाकार तेज गिरीको संयोजकत्वमा आर्थिक उपसमिति, रुद्र श्रीष मगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, दीपक बरालको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा स्वयम्सेवक परिचालन उपसमिति, डा. हिमलाल गौतमको संयोकजत्वमा अतिथि सत्कार उपसमिति र लक्ष्मी बाँस्तोलाको संयोजकत्वमा टिकट तथा मायाको चिनो व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

कार्यव्रmमका सहआयोजकहरुमा स्वान्तः सुखायः परोकार प्रतिष्ठान, पोखरा, रेन्बो चिल्ड्रेन होम, सम्मोहन साहित्यिक पत्रिका र तीर्थहरि स्मृति प्रतिष्ठान रहेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा दिउँसो १ बजे हुने कार्यव्रmममा अनुपम म्युजिक अवार्ड र अनुपम सङ्गीत सम्मान प्रदान गरिनुका साथै दार्जिलिङ, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक र नृत्यका प्रस्तुती रहने कार्यव्रmम संयोजक अनुराग अधिकारीले जानकारी दिनुभयो । संस्थाले २०७० देखि हरेक वर्ष अनुपम साङ्गीतिक साँझ आयोजना गर्दै आएको छ ।

कमेन्टहरु
Loading...