चार जना ‘गुण्डा-नाइके’ बिरुद्ध मुद्दा, गणेश लामाको भएन

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चार जना ‘डन’विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभिषेक गिरी, परशुराम बस्नेत, चक्रे मिलन र दीपक मनाङेबिरुद्ध सरकारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । गणेश लामाको मुद्दा भने अन्तिम समयमा दर्ता गरिएन ।

resize_imageसम्पत्तिको स्रोत खुल्न नसकेपछि  विभागले पाँच डनलाई पक्राउ नै नगरी मुद्दा चलाउने तयारी गरेको थियो । शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारी विभागले गरे पनि नभ्याएपछि आइतबार मुद्दा दर्ता गरिएको हो ।

अभिषेकसँग २ करोड ९४ लाख, परशुरामसँग ११ करोड ६१ लाख, चक्रेसँग ७ करोड ८ लाख र दीपकसँग १४ करोड ७३ लाख रुपैयाँबराबरको अवैध सम्पत्ति भएको भन्दै विभागले मुद्दा दायर गरेको हो । अन्तिम समयमा मुद्दा दर्ता नभएका गणेश लामा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । उनी विजय गच्छदारसँग अत्यन्त नजिक छन् । cp. setopati.com

कमेन्टहरु
Loading...