लेखनाथमा अत्यावश्यक कार्यालयहरु स्थापनामा जोड

लेखनाथ ४, जेठ/लेखनाथ नगरपालिका र कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ मा पर्ने विभिन्न गा.वि.स.सहित भरतपोखरी गा.वि.स.मा वसोवास गर्ने नागरिकहरुका लागि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरु स्थापनाका लागि माग गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघको संयोजनमा शनिवार लेखनाथमा राखिएको सरोकारवालाहरुको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले आम जनतालाई सेवा प्रदान गर्ने जिल्ला प्रशासन र मालपोत कार्यालयका सेवा केन्द्र लेखनाथमा राख्नुपर्ने आवश्यकता औल्याएका हुन ।

कास्की क्षेत्रनं १ का जनतालाई सेवा प्रदान गर्ने गरि लेखनाथ उद्योग वाणिज्य संघले केही समय अगाडी देखी अगाडी सारेको योजनामा वारेमा शनिवार त्यस क्षेत्र अन्तरगतका सम्पुर्ण गा.वि.स.का प्रतिनिधी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी र राजनैतिक पार्टीका जिल्ला देखी स्थानिय तहका नेताहरुको उपस्थितिमा अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरु स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भटराईको अध्यक्षतामा भएको कार्यक्रमा एनेकपा माआवादीका कास्की ईन्चाज झलकपाणी तिवारीले राजनैतिक परिवर्तन सगै राज्यका तल्लो तहका जनतालार्ई संघिय राज्यको अवधारण अनूसार सेवा प्रदान गर्नका लागि चालिएको योजना राम्रो भएको हूदा यसलाई सार्थक रुप दिन आफु र आफ्नो पार्टीको तर्फवाट सहयोग गर्ने धारणा राखेका थिए ।

नेपाली काग्रेस कास्कीका सचिव कृष्ण के.सी.ले जनतालाई सेवा सुविधा पुर्याउने सवालमा मिलेर अगाडी वढनका लागि अनुरोध गरेका थिए भने नेकपा एमालेका मोहन वहादुर गुरुङ र नेकपा( माओवादीका जगन तिवारीले राजनैतिक दाउ भन्दा माथी उठी दवाव मुलक कार्यक्रम ल्याउनु पर्ने बताए । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव वावुराम गिरीले संचालन गरेको कार्यक्रममा पोखरा विश्व विद्यालयका मानविकी संकायका डिन प्रा.डा.ईन्द्रप्रसाद तिवारी, संघका निवर्तमान अध्यक्ष वावुराम जमरकटेल, द्धितीय उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले सेवा केन्द्र स्थापनाका लागि सबै लाग्नु पर्ने बताएका थिए ।

 

कमेन्टहरु
Loading...