पोखरा प्रमोसन गर्दै पर्यटन व्यावसायी बंगाल ट्राभलमार्टमा

पोखरा, १५ फागुन /भूकम्प र नाकाबन्दीले पारेको नकारात्मक सन्देश हटाउन नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) पोखरा भारतको सिलिगुडी छ । भारतको सिलिगुडीमा शुक्रबार देखि बंगाल ट्राभलमार्टमा अन्य देशका टुर अप्रेटरहरुलाई नेपालका बारेमा जानकारी दिएका छन् । ट्राभल मार्टमा नेपाल, भारत, बंगलादेश, भुटान लगायतबाट सहभागीता जनाएका छन् । ट्राभल्समार्ट विदेशी टुरअप्रेटरहरुले नेपालको अहिलको अवस्था र पर्यटन पठाउन सकिने वा नकिने बारेमा बढि जिज्ञासा राखेको नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट ( नाट्टा ) पोखराका अध्यक्ष दिल गौतमले जानकारी दिए ।

ट्राभल मार्टमा पोखराबाट ९ जना व्यावसायी, काठमाडौ व्यवसायी तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरु मार्टमा सहभागी छन् । ट्राभलमार्टमा आएका विभिन्न ट्राभलहरु मार्फत पोखराको प्रर्वद्धधन गरेको गौतमले जानकारी दिए । ‘भूकम्प र नाका बन्दीले पोखराको पर्यटन व्यावसाय समस्यामा परेको छ,’ गौतमले भने,‘ ट्राभल मार्टबाट पर्यटक बोलाउदा केही मात्रामा भए पनि सुधार आउने अपेज्ञा छ ।’

भूकम्पपछि खस्किएको पर्यटन उद्योग भारतको अघोषित नाकाबन्दीले थप थलिएको छ । नाका खुलेपछि अहिले केही सहज भएकाले भूकम्प र नाकाबन्दीपछि नेपाल र पोखरा भारत, भुटान र बंगलादेशबाट आउने पर्यटकहरुलाई सकारात्मक सन्देश सफल भएको उनले बताए । उनले मार्टमा बिटुबि बैठकबाट सकारात्मक सन्देश दिन सकिने बताए । पाँच दिनको पोखरा प्रवद्र्धन कार्याक्रममा बिहीबार विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा प्रमोसन गर्दै पर्यटन व्यावसायी बंगाल ट्राभलमार्टमा
पोखरा प्रमोसन गर्दै पर्यटन व्यावसायी बंगाल ट्राभलमार्टमा
पोखरा प्रमोसन गर्दै पर्यटन व्यावसायी बंगाल ट्राभलमार्टमा
पोखरा प्रमोसन गर्दै पर्यटन व्यावसायी बंगाल ट्राभलमार्टमा
पोखरा प्रमोसन गर्दै पर्यटन व्यावसायी बंगाल ट्राभलमार्टमा
पोखरा प्रमोसन गर्दै पर्यटन व्यावसायी बंगाल ट्राभलमार्टमा
कमेन्टहरु
Loading...