लोकमानको नियुक्ती ग्यान्ड डिजाइन– नेता कोइराला

सागर राज तिमिल्सिना/पोखरा, ४ जेठ/नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले लोकमानलाई अख्तियार प्रमुख बनाउनु ग्यान्ड डिजाइन भएको बताएका छन् । सभापति कोइरालले पोखरामास्व. दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै लोकमानलाई फकाउन खोज्दा खोज्दै हुन नसकेको बताए । कोइरालले चार दलको बैठक, अदालत र राष्ट्रपतिबाट पनि नरोकिएको बतउादै ग्यान्ड डिजाइन अनुसार नै अख्तियारमा लोकमानको नियुक्ती भएको बताए ।IMG_2976 copy

रोक्न खोज्दा खोज्दै पनि नसक्नु ग्यान्ड डिजन नै भएको उनको भनाई छ । नेता कोइरालले चार दलको सिन्डिकेट तोडेर अन्य पार्टिलाई पनि संयन्त्रमा ल्याउनु पर्ने दोहोराएका छन् । उनले माआवादी लगाएतका अन्य दलहरुलाई पनि संयन्त्रमा ल्याउनु पर्ने बताए । उनले नेपाली काग्रेसले अहिले पनि ३ मुख्य कुरामा अडान कार्यम राखेको बताए ।

पत्रकारिता पुरस्कारबाट पत्रकार गंगाधर पराजुलीलाई सभापति कोइरालाले सम्मान गरे । नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय उपसभापति समेत रेहका पराजुलीलाई नगद ३३ हजार ३ सय ३३ रुपैयाँका साथै सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् । सम्मान कार्यक्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट, छनौट समितिका संयोजक माधव शर्मा, प्रेश चौतारी कास्कीका अध्यक्ष श्याम कुवर, कान्त्रिकार पत्रकार संघका रामप्रसाद तिमिल्सिना, पत्रकार रिता गुुरुङ्ग लगाएतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...