विमान दुर्घटनामा परि मृत्यु भएका ७ जनाको सव पोखरामा

पोखरा, १३ फागुन /बुधबार भएको विमान दुर्घटना परि मृन्यु भएका ७ जनाको सव पोखरा ल्याएको छ भने ३ जना मुस्ताङ लगेको छ । अन्य सव ल्याउने तयारी भइरहेको प्रहरीले जनाकारी दिएको छ ।

तारा एयरको विमान म्याग्दीको दाना गाविस स्थित केकर वुट्टामा रहेको पहरोमा ठोकिन पुग्दा विमानमा रहेका चालक दलका ३ सहित २३ जनाको मृत्यु भएको थियो । बुधबार विहान ७ः४७ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उढान भरेका नाईनएन।ए।एच।एच। नम्बरको तारा एयरको विमान उडान भरेको ९ मिनेट पछि सम्पर्क विहिन हुदा म्याग्दीको केकर वुट्टामा दुर्घटना हुन पुग्दा विमानमा सवार चालक दल सहित २३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराबाट छुटेको उक्त विमान करीब ५ घण्टा पछि स्थानीय र सुरक्षाकर्मीहरुको टोलीले देखेर घटनास्थल पक्ता लगाएका हुन । विमान दुर्घटनाबाट विमानमा रहेका व्यक्तिहरुको एक जना बाहेक अन्य सवैको शव चिन्न नसक्ने अबस्थामा घटनास्थलको भिरमा छरपस्ट अबस्थामा रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । उनका अनुसार हाल खराव मौसमका कारण तथा घटनास्थल क्षेत्रमा हेलिकोप्टर बस्ने उपयुक्त स्थान नभएकोले गर्दा बुधबार शव पोखरा ल्याउन कठिन छ ।

म्याग्दीको दाना गाविसको काभ्रेबाट ४ घण्टा पैदलबाट पुगिने घटनास्थलमा मानव बस्ती नभएकोले पनि घटनास्थलमा समयमै पुगेर काम गर्न आफुहरुलाई थप समस्या परेको र सो क्षेत्रमा हिउ थप समस्या भएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए । उनका अनुसार वेलुका सम्ममा १९ जनाको शव भेटिएको छ । अन्यको शव खोजि कार्य विहिबार विहानै हुने भएको छ । उक्त दुर्घटना करीब ३ हजार माथि उचाइको पहरोमा भएको बताइन्छ । विहानै देखि आकास नखुलेको र धौलागिरी लगायतको क्षेत्रका केहि ठाँउहरुमा हिउ समेत परेको स्थानीयले बताए ।

कमेन्टहरु
Loading...