मनकामना केबुलकार पोखरा कप चैत्र ८ देखि

पोखरा, ११ फागुन/कास्की जिल्ला फुटवल संघको आयोजनामा पोखरामा आउदो चैत्र ८ गते देखि मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने भएको छ ।

चैत्र ८ देखि २० गतेसम्म पाँचौ संस्करणको प्रतियोगिता पोखरा रंगशालामा हुने कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए ।

केहि समय अघि हुनु पर्ने प्रतियोगिता प्राविधिक कारणले गर्दा ढिलो हुने भएको उनले बताए । अखिल नेपाल फुटवल संघले समय तालिका दिएको आधारमा आफुहरुले उक्त प्रतियोगिताको तयारी सुरु गर्न लागेको अखिल नेपाल फुटवल संघका उपाध्यक्ष मिलन गुरुङले बताए ।

प्रतियोगितामा विदेशी टिम सहित नेपालका विभागीय तथा एडिभिजनका क्लवहरुको गरी १२ टिमको सहभागिता रहने बताइन्छ । प्रतियोगिताका मुख्य प्रायोजक मनकामना केवलकार दर्शन प्रालिले उक्त प्रतियोगिताको लागि बार्षिक १० लाख रुपैया प्रायोजन गर्दै आएको छ । गत पुष २२ देखि माघ ३ गतेसम्म पोखरा रंगशालामा गत बर्ष उक्त प्रतियोगिता संचालmन भएकोे थियो । गत बर्षको विजेता नेपाल पुलिस क्लव हो ।

कमेन्टहरु
Loading...