सेभेन ए साइड फुटबलमा क्वार्टरफाइनल समीकरण पूरा

पोखरा, १० फागुन/बैदाम युवा क्लबको आयोजनामा पोखरामा जारी ‘दीपेश मेमोरियल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता’ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । सोमबारको खेल जित्दै दीपेश मेमोरियल बी, आदर्श युथ, संयुक्त युवा परिवार, बी थर्टिन, पुन क्लब, स्वष्तिक नेपाल, दीपेश मेमोरियल ए र लालीगुराँस एकता क्लब अन्तिम ८ मा प्रवेश गरेका छन् ।
पहिलो खेलमा ड्यामसाइड क्लबलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै दीपेश मेमोरियल बी क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको प्रतियोगिता संयोजक विकास थापाले बताए ।उनका अनुसार दोस्रो खेलमा आदर्श युथ क्लबले मालेपाटन युनाइटेडलाई शुन्यका बिरुद्ध ४ गोलले हरायो । त्यस्तै संयुक्त युवा परिवार र सिम्पानी कसेरीबीचको खेलमा संयुक्त युवा परिवार १–० गोलअन्तरले विजयी भयो ।

चौथो खेलमा बी थर्टिनले मिलनटोल रामबजारको टीमलाई ६–० को भारी गोलअन्तरले पराजित ग¥यो । खेलमा सुशील लामाले ह्यार्टिक गरे । त्यस्तै पुन क्लब लेकसाइडले पोखरा युनाइटेड स्पोर्टस्को चुनौती २–१ गोलअन्तरले समाप्त पा¥यो ।
छैटौ खेलमा आदर्श बीलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै स्वस्तिक नेपालले विजयी यात्रा कायम ग¥यो भने दीपेश मेमोरियल ए र एफ्सी अग्निबीचको खेलमा दीपेश ३–० गोलअन्तरमा चम्कियो ।

अन्तिम खेलमा गणेश थापाको ह्याट्रिकमो मद्दतमा विपक्षी पश्चिम प्रहरी गणलाई ५–० को विशाल गोलअन्तर कायम गर्दै लालीगुराँस एकता विजयी भयो । लेकसाइड बाराहीघाट खेल मैदानमा मंगलबार मध्याह्देखि क्वार्टरफाइनलका खेल हुने आयोजकले जनाएको छ । समूह बिजेता अर्को समूहको उपविजेतासँग सेमीफाइनल प्रवेशका लागि भिड्नेछन् ।

कमेन्टहरु
Loading...