बालकको मृत्युपछि अवरुद्ध जामुनेस्थित पृथ्वी राजमार्ग ५ घण्टापछि सन्चालनमा

पवन पौडेल/तनहुँ जेठ ३/स्थानिय बालकको मृत्यु भएको बिषयलाई लिएर अवरुद्ध तनहुँस्थित पृथ्वी राजमार्ग करिब ५ घण्टापछि सुचारु भएको छ । विहान सांढे ९ बजे पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ७९० नम्बरको पर्यटक बसले ठक्कर दिंदा जामुने ३ निर्मलवस्तीका ३ बर्षका बालक सुरज रानाभाटको ज्यान गएपछि मृतकका आफन्तले क्षतिपुर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका थिए ।

अवरुद्ध राजमार्ग खुलाउन प्रहरीले प्रयास गरेपनि मृतकका आफन्तले गाडिधनी पक्षबाट प्रतिबद्धताको माग गरेकाले त्यो नआउँदासम्म सवारी सन्चालन गर्न नदिने आफन्तले अडान लिएका थिए । प्रहरीले वार्तामा अरु कुरा मिलाउने तर तत्काल बाटो खुलाएर लाश उठाउन आग्रह गरेपछि मृतकका लाश उठाएर राजमार्ग सुचारु पारिएको थियो ।

प्रहरी कार्यालयमा गाडिधनी पक्ष तथा मृतकका आफन्तबिचको वार्तामा गाडिधनी पक्षबाट रानाभाट अध्ययन गर्ने विद्यालयमा उनको नामा २ लाख ५० हजारको छात्रवृत्ति अक्षयकोष विद्यालयका नाममा खडा गरिदिने तथा तेश्रो पक्ष विमाबाट पाउने विमा रकम दिने सहमति भएको थियो ।

कमेन्टहरु
Loading...