कालीकामा बाली लगाउने तालिम चाहियो

पोखरा, ६ फागुन /मानब अधिकार निगरानी समुह कालीका गाबिसको आयोजनामा शिक्षा , स्वास्थ्य र खाद्य अधिकार बिषयमा सरोकारवाला निकाय र स्थानीय सेवाग्राहीका बीच अन्तरकृया सम्पन्न भएको छ ।
मानबअधिकार निगरानी समुहका संयोजक बिरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय किसानहरुका लागि हिउदे बाली लगाउने, कुखुरापालन तथा अन्य बैकल्पिक स्वरोजगार तालीमको आबश्यकता महसुस गरीएको र यस्का लागी गाबिस कार्यालयको समन्वयमा कृषीसेवा केन्द्र तथा जिल्ला स्थित कृषी कार्यालयमा आबस्यक पहल गरी तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको निगरानी समुहका सयोजक बिरेन्द्र भण्डारीले जानकारी गराएका छन ।

गाबिसमा हालै सञ्चालन गरीएको वर्थीङ सेन्टरमा बेड अभाब हुदा स्थानीय जनताले सेवा लिन नसकेकोले निगरानी समुह मार्फत जिल्ला जनस्वास्थ्य कार्यलयमा दवाब दिने र यथासिघ्र वर्थीङ सेन्टर सञ्चालनमा ल्याउने गरी काम गर्न गाबिस स्थित स्वास्थ्य चौकी प्रमुख महेश जैशीलाइ सो सम्बन्धमा जानकारी गराइएको कार्यक्रम सञ्चालक सुवाश सुबेदीले बताए ।

कमेन्टहरु
Loading...